नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा रिलिज
सारांश
- घनश्याम लामिछानेको फिल्म 'चित्रा' अमेजन प्राइम भिडियोमार्फत विश्वभर रिलिज भएको छ।
- 'चित्रा' हिन्दी डब गरेर रिलिज वर्डले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो।
- यो फिल्म विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज हुने पहिलो नेपाली फिल्म हो।
काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्म प्राइम भिडियो (अमेजन प्राइम भिडियो) ओटीटी मार्फत रिलिज भएको छ ।
२०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको फिल्म हिन्दी डब गर्दै ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो ।
निर्माण पक्षको दाबी ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज भएको पहिलो नेपाली फिल्म हो । यसअघि नेपाली फिल्महरू अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए, तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्ममा रिलिज भएको हो ।
निर्देशक लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए । ‘चित्रा’ को यो सफलता नेपाली फिल्म उद्योगका लागि उदाहरणीय बन्न सक्ने सम्भावना छ’, लामिछानेले भने– ‘यसले नेपाली कथालाई विश्वव्यापी गर्छ ।’
सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सहनिर्माण रहेको फिल्मले एक रिटायर्ड बाबु र छोरीबिचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्बन्धको कथा पस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण