‘राम राम’को धुनसँग बग्दै जीवन : टोखा भूतखेलको सांस्कृतिक मिसाल, तस्बिरहरु
सारांश
- टोखाको भूतखेल क्षेत्रका स्थानीय बासिन्दाहरूले चौतारीमा भजन, कीर्तन र नाच गर्दै संस्कृति संरक्षण गरिरहेका छन्।
- रिटायर्ड जीवन बिताइरहेका स्थानीयहरू दैनिक भेला भएर भजन गाउँछन् र सामूहिक प्रयासबाट सांस्कृतिक यात्रा सुरु गरेका छन्।
- यो समूह फेसबुक र टेलिभिजनबाट टाढा रहेर सामूहिक भजन र आत्मीयतामा रमाउँदै आएको छ।
काठमाडौँ । अहिले विश्व नै आधुनिक प्रविधिको चपेटामा परिरहेको बेला राजधानीको टोखास्थित भूतखेल क्षेत्रमा रिटायर्ड लाइफ व्यतीत गरिरहेका स्थानीय भने संस्कृति संरक्षणमा मिसाल प्रस्तुत गरिरहेका छन्।
भूतखेल ग्राउण्ड छेउको एउटा चौतारी अहिले रिटायर्ड जीवन बिताइरहेकाका लागि केन्द्र बनेको छ ।
_1kSNiOGSP0.jpg)
जहाँ पछिल्ला ६ महिनादेखि दैनिकजसो दिउँसोको समयमा ज्येष्ठ तथा पाका स्थानीयहरू भेला भएर भजन, कीर्तन र नाचबाट आफ्नो जीवनशैलीलाई सकारात्मक ऊर्जा प्रदान गरिरहेका छन्। न कुनै संस्था, न त कुनै बाह्य सहयोग—यो सबै उनीहरूको आपसी सामूहिक प्रयासले सुरु भएको सांस्कृतिक यात्रा हो।
_Bmz11u5k9C.jpg)
‘घरमा थन्किएको खैँजडी, झ्याम्टा र मादल निकालेँ। साथीहरूलाई भने चौतारीमा गई भजन गाऊँ। अनि त्यसै दिनदेखि यो सुरु भयो’, लोकबहादुर थापाले रातोपाटीलाई भने ।
_MSJcOSMpLo.jpg)
चौतारीमा बसेर गाएको ‘राम राम’ र ‘जय जय’का धुन मूल बाटोसम्म गुन्जिन्छ । यहाँ भेला भएका जो कोही भजन गाउने, ताल मिलाउँदै थपडी बजाउने, अनि रमाउँदै नाच्ने—चौतारी अहिले उमेरको भार बिर्सने, आत्मालाई शान्ति दिने र समुदायलाई जोड्ने थलो बनेको छ।
_tqi42t9Bv1.jpg)
_REkU4SpoR4.jpg)
सहरमा बढ्दो एक्लोपन, प्रविधिको लत र सामाजिक टुटफुटका बिच भूतखेलको यो चौतारी प्रेरणादायक सामाजिक–सांस्कृतिक प्रयोग बनेको छ। न फेसबुकको नोटिफिकेशन न त टेलिभिजनको आवाज । यहाँको प्रमुख आकर्षण भनेको सामूहिक स्वरमा गुन्जिने भजन र त्यो लयमा बग्दै गरेको आत्मीयता हो।
_wYGqYonHD0.jpg)
_m8DTklKSH6.jpg)
_KqxraC87RR.jpg)
_aG8WQnHMki.jpg)
_azA4fwxDPS.jpg)
_QBQgNjKp2l.jpg)
_voVhsEsqxp.jpg)
_jGwjdNVQQE.jpg)
_Y7my3VMsLO.jpg)
_s77KEO0fg3.jpg)
_t8gDFxxhpk.jpg)
_t3MWtNYgsf.jpg)
_sLSeedbEmz.jpg)
_GZ6uRc1rQO.jpg)
_b7k0lpEgpx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण