शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : डा. भट्टराई

शनिबार, २१ असार २०८२, १६ : ४८
शनिबार, २१ असार २०८२

सारांश

  • पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताए।
  • उनले राजनीति विकृत भइसकेको भन्दै यसलाई सङ्लो पार्न आफूहरू लागिपरेको बताए।
  • भट्टराईले शिक्षा क्षेत्रमा निजी क्षेत्रको संलग्नतालाई स्वीकार्दै सुधारमा जोड दिए।

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् । 

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भट्टराईले अहिले मुलुकको राजनीति विकृत भइसकेको भन्दै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन् ।

उनले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए । राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उनको भनाई थियो ।

भट्टराईले शिक्षा क्षेत्रबाट निजी क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै निजी क्षेत्रसँग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप