चिकित्सकले दिए कार्यस्थलमा एक घण्टा धर्ना
सारांश
- चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सकहरूले आइतबार एक घण्टा धर्ना दिए।
- उपभोक्ता अदालतले क्षतिपूर्ति भराउन आदेश दिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो।
- डा. सञ्जीव तिवारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ, र उनलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिइएको छ।
काठमाडौँ । देशभरका चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा आइतबार एक घण्टा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा भएको विरोध कार्यक्रम अन्तर्गत आइतबार कार्यालय सुरु भएसँगै चिकित्सकहरूले एक घण्टा धर्ना दिएको हुन् ।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्कीले संघका सम्पूर्ण शाखा कार्यालयले चिकित्सकहरूलाई प्रमाणपत्र संकलन गरी नेपाल मेडिकल काउन्सिललाई पठाउने तयारी भइरहेको उनले बताए ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले धमाधम चिकित्सक र स्वास्थ्य संस्थामाथि क्षतिपूर्ति भराउन आदेश जारी गरेपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो ।
संघले उपभोक्ता संरक्षण ऐन २०७५ लाई आवश्यक संशोधनका लागि दबाब दिन संघका महासचिव डा. सञ्जीव तिवारीको संयोजकत्वमा टास्कफोर्स गठन गरेको थियो ।
यहीबीचमै महासचिव डा. तिवारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । डा. तिवारी विरुद्ध १७ असारमा उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो ।
न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलले इजलासले उनलाई ७ दिनभित्र लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको दिइसकेको छ । अदालतको उपस्थित हुने आदेश दिएसँगै नेपाल चिकित्सक संघले आक्रामक रूपमा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।
यसैबिच चिकित्सकहरूले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्था आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण