‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक
काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर आइतबार सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौँसहित देशका आठ वटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो । फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् ।
काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर सार्वजनिक गरिएको निर्माता न्यौपानेले जानकारी दिए ।
‘देशभर एकसाथ सिनेमाको पब्लिसिटी होस् र फिल्मलाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठुला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ,निर्माता न्यौपानेले भने ।
निर्माण टिमले दुई वटा पोस्टर एकसाथ सार्वजनिक गरेको हो। एक पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् । अर्को पोस्टरमा केकी अधिकारी छिन् । दुई वटै पोस्टरले फिल्मको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।
एउटा पोस्टरमा छेउछाउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । विजय केकीको निलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा छन् ।
यसले केकी विजयको दिदी र मिरुना उनले विवाह गर्न चाहेको युवतीजस्तो देखिन्छ । फिल्म हिमाल न्यौपानेले निर्देशन गरेका हुन् ।
भदौ ६ गते रिलिज हुने फिल्ममा विजय, केकी, मिरुनाको अलवा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको छायाङ्कन छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण