त्रिभुवन विमानस्थलको अध्यागमनलाई अत्याधुनिक बनाइँदै
सारांश
- ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाइएका पूर्वप्रधानमन्त्री र पूर्व मुख्यसचिवलाई सर्वोच्चले जवाफ माग्यो।
- अख्तियारले मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ताले दायर गरेको रिटमा सर्वोच्चले सुनुवाई गर्दै जवाफ माग गरेको हो।
- सर्वोच्चले माधव नेपाल, बाबुराम भट्टराई र लीलामणि पौडेललाई मुद्दा नचलाउनुको कारण पेस गर्न भनेको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आफ्नो सेवालाई पूर्ण प्रविधिमैत्री र गुनासोरहित बनाउन विभिन्न अत्याधुनिक प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाउन अध्यागमन विभागलाई औपचारिक आग्रह गरेको छ ।
विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले विभागलाई पत्र लेख्दै ’बोर्डर कन्ट्रोल सिस्टम’ र ’नेपाली–पोर्ट’ प्रणालीमा अन्तरआबद्धता कायम गर्न आवश्यक प्रविधिहरू तत्काल जडान गर्न अनुरोध गरेका हुन् ।
कार्यालयले एडभान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम जडानको लागि अनुरोध गरेको छ। यसले यात्रुको सम्पूर्ण जानकारी, उडानको विवरण, सुरक्षा जाँच तथा आगमन र प्रस्थान बिन्दुसम्बन्धी विवरण अग्रिम रूपमा नै उपलब्ध गराउने र यसले अध्यागमन प्रक्रियालाई छिटो र सुरक्षित बनाउन मद्दत गर्ने कार्यालयको दाबी छ ।
त्यस्तै ई–गेटको व्यवस्थापन गर्नुपर्ने जनाएको छ। यसले यात्रुहरूलाई स्वचालित रूपमा अध्यागमन प्रक्रिया पूरा गर्न सहयोग पुर्याउने र जसले लामो लाइन लाग्नुपर्ने समस्या हट्ने कार्यालयको विश्वास रहेको छ ।
त्यस्तै डाटा सेन्टर स्थापना गर्न समेत अनुरोध गरिएको छ। जसले अध्यागमनसँग सम्बन्धित सम्पूर्ण सूचनाहरूलाई सुरक्षित रूपमा भण्डारण गर्न छुट्टै डाटा सेन्टर स्थापना गरिने जनाइएको छ ।
अनलाइन राजस्व भुक्तानी प्रणालीको विकास गरेर विदेशबाटै भिसा वा अन्य सेवा शुल्क तिर्न सकिने व्यवस्था मिलाइने जनाएको छ। जसले प्रक्रियालाई थप सरल बनाइने कार्यालयको दाबी छ ।
नेपाल आउने पर्यटकहरूको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन पर्यटक ट्र्याकिङ प्रणाली विकास गर्न समेत अनुरोध गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण