सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसको १५ औँ महाधिवेशन २०८३ मङ्सिर अगावै गर्नुपर्छ : महामन्त्री थापा

सोमबार, २३ असार २०८२, २० : २२
सोमबार, २३ असार २०८२

सारांश

  • कांग्रेस महामन्त्री गगन थापाले २०८३ मंसिर अगाडि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्।
  • उनले स्थानीय निर्वाचनको तयारीका लागि पार्टी महाधिवेशन छिट्टै गर्नुपर्ने बताए।
  • महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको जानकारी लिन नेताहरूलाई अनुरोध गरे।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ को मङ्सिर अगाडि नै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार महामन्त्री थापाले स्थानीय तहको निर्वाचनको तयारी गर्नु पर्ने भएकाले पनि पार्टी महाधिवेशन २०८३ को  मङ्सिर अगाडि नै गर्नुपर्ने बताए ।  

२०८३ मङ्सिर भन्दा पछाडि महाधिवेशन गर्न संवैधानिक र कानुनी आधार समेत नहुने थापाको भनाइ छ ।  ‘८३ मङ्सिरसम्म पनि नपुर्‍याइकन सकेसम्म छिटो हामीले गर्‍यौँ भने स्थानीय निर्वाचनको तयारीका लागि पार्टीले आन्तरिक काम गर्न पाउँछ,’ थापाले भने ।

विगतमा महाअधिवेशन हुने कार्यतालिका निश्चित भएपछि क्रियाशीलको सदस्यताको पोको खोल्ने परम्परा रहेको भए पनि अहिले त्यो तोडेर विधान अनुसार काम गर्ने प्रक्रियाको थालनी गरिएको बताए । 

अहिले क्रियाशील सदस्यता नवीकरणको कार्य भइरहेकाले आफ्नो क्षेत्रको क्रियाशील सदस्यताको नवीकरणबारे जानकारी लिन नेताहरूलाई अनुरोध गरे । 

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री थापाले समुदाय, नवीकरणको अवस्था, मतदाता लगायतका आधारमा नयाँ सदस्यताको जिल्लागत प्रतिशत तोकिने जानकारी बैठकमा दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप