बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड

बुधबार, २५ असार २०८२, ०८ : २०
बुधबार, २५ असार २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई वैचारिक र राजनीतिक एजेन्डाको हिसाबले संस्थापन पक्षको रूपमा दाबी गरे।
  • प्रचण्डले कांग्रेस र एमालेलाई वर्तमान संविधान र व्यवस्थाको 'प्रतिपक्ष' को संज्ञा दिए।
  • प्रचण्डले संख्यात्मक उपस्थितिलाई मात्र राजनीतिको मूलधार निर्धारण नगर्ने तर्क गर्दै माओवादीको नेतृत्वदायी भूमिका रहेको बताए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी संसदीय संख्याको हिसाबले तेस्रो स्थानमा रहे पनि वैचारिक र राजनीतिक एजेन्डाको हिसाबले नेपालको संस्थापन पक्ष भएको दाबी गरेका छन् । उनले देशका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेलाई हालको संविधान र व्यवस्थाको 'प्रतिपक्ष'को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रचण्डले सङ्ख्यात्मक उपस्थितिले मात्र राजनीतिको मूलधार निर्धारण नहुने तर्क गरेका छन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, र उत्पीडित समुदायको अधिकार स्थापनामा माओवादीको नेतृत्वदायी भूमिका रहेकाले माओवादी नै संस्थापन पक्ष भएको जिकिर गरे।

उनले भनेका छन्– 'हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ । तर हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो । '

प्रचण्ड थप भन्छन्– 'जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो भने कांग्रेस र एमाले प्रतिपक्ष हुन्, यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष होइनन् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप