चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालियो
सारांश
- म्याग्दीको राहुघाट बेसिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा जोड्न प्रसारण लाइनको परीक्षण सुरु भएको छ।
- चिमखोलादेखि राहुघाटसम्म १३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ, जसले चार जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्नेछ।
- प्रसारण लाइनको परीक्षणपछि केन्द्रीय प्रणालीमा विद्युत जोडिने र स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरिएको छ।
म्याग्दी । म्याग्दीको राहुघाट बेसिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ ।
पैँतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलो खोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन चिमखोला देखि गलेश्वरस्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्ड सम्म १३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको हो ।
नेपाल विद्युत् प्राधिकरण मार्फत रघुगङ्गा –३ अम्बाङमा निर्माणाधिन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रूपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहु घाटको प्रवर्द्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले बताए ।
चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।
चिमखोला देखि गलेश्वर स्थित राहु घाटको स्विचयार्ड जोड्ने प्रसारण लाइनमा विद्युत् आपुर्ति गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले बताए । परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत् जोडिने उनले बताए । चिमखोला देखि राहुघाटसम्म ३९ टावर छन् ।
चार आयोजनाले सहकार्य गरेर एउटै प्रसारण लाइन मार्फत विद्युत् आपूर्ति गर्ने संरचना बनाएका छन् । एक देखि अर्को आयोजनाको स्विचयार्ड सम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रसारण लाइन बनाएका हुन् ।
परीक्षण सुरु भएको प्रसारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रसारण लाइन र टावर निर्माण भएको छ ।
विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशु चौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण