आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

शुक्रबार, २७ असार २०८२, ०९ : २२
शुक्रबार, २७ असार २०८२

सारांश

  • बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले बसबाट यात्रु ओरालेर ९ जनाको हत्या गरे।
  • मारिएका यात्रुहरू पन्जाब जाँदै थिए, र उनीहरूलाई बसबाट ओरालिएको थियो।
  • बलुचिस्तान सरकारले आतङ्ककारी आक्रमणको निन्दा गर्दै सुरक्षाको लागि सतर्कता अपनाएको जनाएको छ।

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पन्जाबका नौ यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गरेका दुई यात्रु बसबाट यी यात्रुहरूलाई ओरालिएको थियो।

बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले नौ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्। उनले मृतकको शव पन्जाब पठाउने व्यवस्था भइरहेको बताएका छन्।

यसैबिच, बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले एक विज्ञप्तिमा भने, ‘आतङ्ककारीहरूले कलात, मास्तुङ र झोबमा आक्रमण गरेका थिए। सुरक्षा बलले तीनै ठाउँमा तुरुन्तै कारबाही गर्‍यो । हामी जनताको सुरक्षाको लागि पूर्ण रूपमा सतर्क छौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप