एमाले जाजरकोट : जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेला सम्पन्न
सारांश
- एमाले जाजरकोटले पार्टीको सुदृढीकरण र आगामी रणनीतिका लागि जनसंगठनका प्रतिनिधिहरूको भेला गर्यो।
- भेलाले विपद् व्यवस्थापनका लागि 'उद्धार टिम' बनाउने र प्रभावित क्षेत्रमा राहत पुर्याउने निर्णय गर्यो।
- पार्टीले संगठनलाई गतिशील बनाउन रचनात्मक कार्यक्रम र जनतामाझ पुग्ने योजना बनायो।
जाजरकोट । नेकपा एमाले जाजरकोटले शनिबार बिहान जिल्ला सदरमुकाम खलङ्गामा पार्टीका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेला सम्पन्न गरेको छ। पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीतिलाई केन्द्रमा राख्दै पार्टीले आफ्नो भेला राखेको हो ।
भेलामा २३ वटा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेकपा एमाले जाजरकोटका उपाध्यक्ष तथा जनवर्गीय विभाग प्रमुख विश्व विक्रम शाहका अनुसार, भेलाले जिल्लामा हुनसक्ने प्राकृतिक विपत्तिको समयमा पार्टी र त्यसका जनसंगठनहरूलाई कसरी प्रभावकारी ढङ्गले परिचालन गर्ने भन्ने विषयमा कार्ययोजना बनाएको छ।
शाहका अनुसार, नेपाल उद्योग तथा व्यवसायी महासंघलाई जिल्लामा औद्योगिक क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा उत्पादकत्व वृद्धिमा नेतृत्वदायी जिम्मेवारी दिने निर्णय गरिएको छ। त्यस्तै, विपद् व्यवस्थापनका लागि ‘उद्धार टिम’ निर्माण गरिने, विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउने संयन्त्र बनाउन जनसंगठनहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ । साथै हरेक संगठनलाई रचनात्मक कार्यक्रममार्फत जनताको बिचमा पुग्ने योजना तयार पारिएको नेकपा एमाले भेरी नगर कमिटीका अध्यक्ष मुकुन्द शर्माले बताउनुभयो ।
नेकपा एमाले जाजरकोटले जनसंगठनहरूलाई केवल नामका लागि राख्ने हैन, कार्यदिशा दिन सक्ने, जनताको मनमा छिर्ने र विपद्, उद्धार, राहत र विकासका सवालमा पार्टीको सक्रिय उपस्थिति कायम गर्ने माध्यम बनाउने तयारी गरिरहेको छ। पार्टीले यस किसिमको भेला निरन्तर रूपमा सञ्चालन गर्दै संगठनलाई पुनः गतिशील बनाउने योजना अघि सारेको पार्टी सचिव गोपाल नेपालीले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण