सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

‘सामान्य प्रशासन मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन हुनुपर्छ’

मङ्गलबार, ३१ असार २०८२, १३ : २०
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध जनाए।
  • सांसद शिव नेपालीले मन्त्री गुप्ताको राजीनामा पर्याप्त नभएको बताए।
  • उनले गृहमन्त्री लेखकको राजीनामाको माग गरे, नैतिकताको प्रश्न उठाउँदै।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले मंगलबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् । 

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए । सांसद नेपालीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनी मुछिएको घूस काण्डमा सत्य तथ्य छानबिन हुनुपर्ने सांसद नेपालीले बताए । 

मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाए पनि गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर पद लोलुपता देखाएको बताए । उनले गृहमन्त्री लेखकले कहिले राजीनामा दिन्छन् भनेर प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप