ओलीले गरेको संसद् विघटनबारे विद्याको जवाफ– कुनै दबाबमा होइन
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७/७८ मा भएको संसद् विघटनको बचाउ गरिन्।
- उनले मन्त्रिपरिषद्को निर्णयलाई कुनै दबाबमा नआई कार्यान्वयन गरेको बताइन्।
- भण्डारीले विगतका संसद् विघटनका घटनाहरूबारे छलफल गर्न तयार रहेको जनाइन्।
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७/७८ मा भएको संसद् विघटनको बचाउ गरेकी छिन् । मदन भण्डारी फाउन्डेसनले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बाेल्दै भण्डारीले आफ्नो निर्णयको बचाउ गरेकी हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेकपाभित्रको विवादलाई देखाएर २०७७ साल पुस ५ गते संसद् विघटन गरेका थिए । मन्त्रिपरिषद्को निर्णय त्यतिबेला राष्ट्रपति रहेकी भण्डारीले कार्यान्वयन गरेकी थिइन् ।
२०७८ जेठ ८ गते ओलीले दोस्रो पटक संसद् विघटन गरेका थिए । तर ती दुवै विघटन सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । सोही विषयमा कार्यक्रममा उपस्थित सञ्चारकर्मीले प्रश्न उठाएका थिए । त्यसको जवाफ फर्काउँदै भण्डारीले कुनै दबाबमा नआई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेको जिकिर गरेकी थिइन् । यस्ता घटना इतिहासमा धेरै पटक भएकाले छलफल गर्न आफू तयार भएको बताइन् ।
‘विगतको निर्णयले पछ्याइरहन्छ भन्ने विषयमा म जानकारै छु । २०१७ सालका कुरा पनि इतिहासमा आइरहन्छ । २०५१ मा पनि संसद् विघटन भएको थियो, त्यो पनि आइरहन्छ । म राष्ट्रपति भएको बेला पनि दुई पटक संसद् विघटन भयो । त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई मैले कार्यान्वयन गरेको हुँ । संविधानमा जे व्यवस्था छ, त्यही गरेको हो । त्यसमा छलफलमा भाग लिन चाहनुहुन्छ भने संवैधानिक, कानुनी, इतिहासमा जे गर्दा देशलाई निकास दिन सक्छ छलफल गर्न सकिन्छ’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण