शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

प्रचण्डलाई शेखरले भने– पहिला सरकार ढाल्ने प्रयास गर्नुस्, त्यसपछि नयाँ खेलहरू सुरु हुन्छन्

शुक्रबार, ०२ साउन २०८२, ११ : १८
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्न प्रचण्डलाई सुझाव दिएका छन्।
  • प्रचण्डले जनताको आशा कोइरालामा रहेको बताए, तर कांग्रेसमा दलको नेता नभएको कुरा उठाए।
  • कोइरालाले कांग्रेस र एमाले मिलेर बलियो गठबन्धनको सरकार बनाउने प्रयास गरेको पनि बताए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा कोइरालाले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् । 

स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले जनताको आशा कोइरालामा रहेको बताएका थिए । तर, संसदीय दलको नेता शेखर नभएको प्रसङ्ग प्रचण्डले उप्काएका थिए । त्यसपछि शेखरले प्रचण्डलाई भने, ‘पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् न । त्यसपछि पो नयाँ खेलहरू सुरु हुन्छन् । दलको नेता, प्रधानमन्त्री को बन्ने र कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ ।’ 

दिउँसो तीन बजेदेखि पाँच बजेसम्म दुई घण्टा भएको छलफलमा प्रचण्डले कोइरालालाई भनेका थिए, ‘जनताको आशा तपाईंसँग छ । तर, कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिन्न । तपाईं दलको नेता बन्न सक्नु भएन ।’ 

त्यसपछि कोइरालाले वर्तमान एमाले– कांग्रेस गठबन्धन रहँदासम्म आफू दलको नेता बन्न नसक्ने बताएको स्रोतको भनाइ छ ।  कोइरालाले भेटमा कांग्रेस र एमाले मिलेर बलियो गठबन्धनको सरकार बनाउने भनेर आफू नै लागेको समेत बताएका थिए ।

तर, त्यस्तो सरकार बने पनि जनताले एक वर्षसम्म आशा गर्ने ठाउँ नपाएको उनको भनाइ थियो ।  जवाफमा प्रचण्डले आफूले सुशासनका लागि काम गर्दागर्दै गर्न नदिइएको धारणा समेत राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप