‘परिवार’को छायाङ्कन सुरु
सारांश
- फिल्म 'परिवार' को छायाङ्कन काठमाडौंमा सुरु भएको छ।
- फिल्मको अधिकांश छायाङ्कन काठमाडौंमा हुनेछ भने केही दृश्य उपत्यका बाहिर खिचिनेछन्।
- फिल्ममा कलाकार गोप्य राखिएको छ, तर किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, र स्प्रान्जा कँडेल निर्माता रहेका छन्।
काठमाडौँ । फिल्म ‘परिवार’को छायाङ्कन सुरु भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा फिल्मको शुभमुहूर्त गर्दै निर्माणपक्षले सुरु गरेको हो ।
मदन थापाको निर्देशन रहने फिल्मको अधिकांश छायाङ्कन काठमाडौँमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायाङ्कन गर्ने निर्माणपक्षले जानकारी दियो । निर्देशक थापाले यसअघि फिल्म ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए ।
फिल्मको कलाकार निर्माण पक्षले अहिले गोप्य राखेको छ । मुर्हूतमा पनि प्राविधिक र निर्माण पक्षको मात्र सहभागिता रहेको थियो । किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेको फिल्ममा सहनिर्मातामा सन्तोष अधिकारी हुन् ।
प्रेम थापा र गणेश उपाध्यायको कथा रहेको फिल्म नीरज कँडेलले खिच्नेछन् । फिल्मका कार्यकारी निर्मातामा रमेशबहादुर शाही रहेका छन् ।
रे अफ आर्टको प्रस्तुति रहेको फिल्म निर्माणमा भिसा आई फिल्मस् र साही फिल्मसको सहकार्य रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण