एमाले पोलिटब्यूरो बैठक : ओलीले विद्या भण्डारीका विषयमा के भने ?
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने बताए।
- ओलीले पूर्व राष्ट्रपतिलाई पार्टीले दुई पटक राष्ट्रपति बनाएको र अहिलेको व्यवस्था अनुसार फर्किन नहुने बताए।
- ओलीले पार्टीभित्रको हमला रोकिनुपर्ने र पार्टी पद्धति र प्रक्रियामा छलफल हुनुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने बताएका छन् । शुक्रबारको पोलिटब्यूरो बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने,'पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा पत्रिकाबाट मात्र थाहा भयो । उहाँलाई दुई पटक पार्टीले राष्ट्रपतिमा पठाएको हो । अहिलेको संवैधानिक व्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो । उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ । पार्टीको सदस्यता नवीकरण भएको छैन। सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो ।'
पार्टीका विरुद्ध ठुलो सङ्गठित हमला भइरहेको बताउँदै पार्टी भित्रबाट भएका हमला रोकिनुपर्ने बताए । उनले पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्र छलफल हुने भएपनि पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नहुने समेत बताए ।
उनले जालझेलपूर्ण हिसाबले विधान छापियो भन्ने विषयमा भने,'कभर मात्र फरक पर्यो भनेर कर्ण थापाले बोल्नुभयो । आखिरीमा कभरको कुरा रहेछ, किन यो बबण्डर ?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण