बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक

सोमबार, ०५ साउन २०८२, १५ : २८
सोमबार, ०५ साउन २०८२

काठमाडौँ । आगामी १२ भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘कोशोढुङ्गा’ । फिल्मको पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ ।

सोमबार आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दीपिका मगरको स्वर छ ।

नेत्र अर्यालको शब्द  र गायक सेन्चुरी स्वयंको सङ्गीत रहेको गीतको भिडियो तीजको सेटअपमा तयार पारिएको छ । गीतको भिडियोमा फिल्मका तीन मुख्य अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त र नीति शाह नृत्य गर्दै देखिएका छन् । अविवाहित र विवाहित महिलाको भावना, अनुभव, भोगाइ र अनुभूतिलाई गीतमा प्रस्तुत छ ।

भिडियोमा ऋचा सिउँदोमा सिन्दूर र गलामा पोते लगाएर देखिएकी छन्, भने सुरक्षा र नीति अविवाहित देखिएका छन् । फिल्म सरोज पौडेलले निर्देशन गरेका हुन् । पौडेलले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका थिए । 

फिल्ममा ऋचा, सुरक्षा र नीतिसहित आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्धव सापकोटा लगायतको अभिनय छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्म निर्देशक पौडेलले नै लेखेका हुन् । 

फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन, नहकुल खड्काको सम्पादन, स्मृति तिमल्सेना र सुमन सागर जङ्ग केसीको कोरियोग्राफी छ । फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप