एक वर्षमा ३१ करोडको तास आयात
मङ्गलबार, ०६ साउन २०८२, १३ : ३१
काठमाडौँ । नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा ३१ करोडको तास आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३१ करोड ३७ लाख ३६ हजार रुपैयाँको तास आयात भएको हो ।
उक्त आयात भएको तासबाट नेपालले १९ करोड १ लाख रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । नेपालले एक वर्षमा १ करोड ८ लाख पिस तास आयात गरेको हो । सबैभन्दा धेरै तास चीनबाट १ करोड ३ लाख पिस आयात भएको छ ।
नेपालले भारत, हङकङ, बेलायत, इटाली, अमेरिका, आयरल्यान्ड लगायतबाट तास आयात गर्ने गरेको छ । नेपालमा तासलाई जुवाको रूपमा खेल्ने कानुनी रूपमा प्रतिबन्ध रहेको छ । दंसै, तिहार लगायत चाडपर्वमा तास विक्री उच्च हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण