अवतरण गर्नासाथ एयर इन्डियाको विमानमा आगलागी
मङ्गलबार, ०६ साउन २०८२, १९ : ४४
काठमाडाैँ । हङकङबाट नयाँ दिल्ली आएको एउटा विमानमा मंगलबार आगलागी भएको छ । एयर इन्डियाको सो विमानमा अवतरण गर्नासाथ आगो लागेको हो ।
एयर इन्डियाको फ्लाइट ‘एआई ३१५’ अवतरण गरिसकेपछि यात्री ओर्लन थालेपछि अचानक आगो लागेको हो । विमानको सहायक पावर युनिट (एपीयू) मा आगो लागेको बताइएको छ ।
आगो लाग्नासाथ सिस्टमकै डिजाइन अनुसार ‘एपीयू’ बन्द भएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको अधिकारीहरूको भनाइ छ ।
एयर इन्डियाले घटनाको पुष्टि गर्दै स्थितिलाई तुरुन्तै नियन्त्रणमा लिइएको प्रस्ट पारेको छ । आगलागीबाट विमानमा सामान्य क्षति भए पनि सबै यात्री र चालक दलका सदस्य सुरक्षित रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सबै मन्त्रालयमा एक/एक जना सचिव, ५ सचिव जगेडामा
-
विद्यालयको जग्गा खाली गराउन पुगेका प्रहरीमाथि आक्रमण, एक महिला पक्राउ
-
इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियाका लागि तीन देशले सुरु गरे संयुक्त कोष
-
गुण्डागर्दीमा संलग्न आरोपमा श्याम लामा पक्राउ
-
सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ
-
रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित, पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण