बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

धेरै व्याख्या नगरौँ, पार्टी एकता र संयुक्त मोर्चा बनाऔँ : प्रचण्ड

बुधबार, ०७ साउन २०८२, १६ : २१
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल पुँजीवादविरुद्ध एक ठाउँमा उभिन आग्रह गरेका छन् । 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा बोल्दै उनले आग्रह गरेका हुन् । 

कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीहरू अलग अलग नभई संयुक्त बलियो मोर्चा बनाउन समेत आग्रह गरे । 

‘दलाल पुँजीवादसँग समर्पित हुने तत्त्वप्रति उदारता देखायौँ भने कुनै कम्युनिस्ट आन्दोलनको अर्थ रहने छैन । दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण हुन जरुरी छ । मलाई लाग्छ दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध एक हुन सक्यौँ भने बलियो कम्युनिस्ट मोर्चा बनाउन सक्छौँ’, उनले भने, ‘त्यसैले बलियो कम्युनिस्ट मोर्चा बनाउन म अपील गर्छु । पार्टी एकता पनि गरौँ । संयुक्त मोर्चा पनि बनाऔँ । धेरै व्याख्या गर्न आवश्यक छैन । पार्टी एकता र संयुक्त मोर्चा बनाए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ ।’

पुष्पलाल सबैले सम्मान गर्ने दार्शनिक, राजनीतिज्ञ भएको स्मरण गर्दै उनले जो दलाल पुँजीवादीका पछि लाग्छन् उनीहरू सच्चा कम्युनिस्ट नभएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप