भारत र श्रीलंकको क्रिकेट बोर्ड एसीसीको साधारणसभा बैठकमा अनुपस्थित
सारांश
- एसियन क्रिकेट काउन्सिल (एसीसी) को बैठक जुलाई २३ र २४ मा ढाकामा हुँदैछ, जसमा भारत र श्रीलंकाको क्रिकेट बोर्ड अनुपस्थित रहनेछन्।
- बैठकको मुख्य एजेन्डा एसिया कप हो, जुन सेप्टेम्बरमा यूएईमा आयोजना हुनेछ, तर बीसीसीआईको अनुपस्थितिमा निर्णय प्रभावित हुन सक्नेछ।
- बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले एसीसी बैठकको व्यवस्थापकीय सहयोग गरिरहेको छ, जसमा अध्यक्ष अमिनुल इस्लामको भनाइ छ।
काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को वार्षिक साधारणसभा बैठक जुलाई २३ र २४ मा बंगलादेशको ढाकामा हुँदैछ। तर यसपटक भारतको क्रिकेट बोर्ड (बीसीसीआई) र श्रीलंकाको क्रिकेट बोर्ड (एसएलसी) उपस्थित नहुने भएका छन्। यी दुई बोर्ड अनलाइनमार्फत बैठकमा सहभागी हुने नहुनेबारे भने अझै स्पष्ट छैन।
एसीसीले पाँच सदस्यीय बोर्डमध्ये दुई पूर्ण सदस्य अनुपस्थित रहनेबारे कुनै टिप्पणी गरेको छैन। अफगानिस्तान र ओमान पनि बैठकमा नआउने चर्चा चले पनि अन्ततः दुवै देशले सहभागिता जनाउने भएका छन्।
यस वर्षको बैठकको प्रमुख एजेन्डामा एसिया कप पर्छ। आठ टोली सहभागी हुने यो प्रतियोगिता आगामी सेप्टेम्बरमा यूएईमा आयोजना हुने तय भए पनि यसको आयोजना अधिकार भने बीसीसीआईसँगै छ। तर बीसीसीआई बैठकमा अनुपस्थित हुँदा प्रतियोगिता सम्बन्धी निर्णयमा असर पर्न सक्ने आशङ्का व्यक्त गरिएको छ।
यो पहिलो पटक हो जब बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले एसीसीको उच्चस्तरीय बैठक आयोजना गरेको हो। बीसीबीका अध्यक्ष अमिनुल इस्लामले यसबारे प्रतिक्रिया दिँदै आफूहरूले केवल एसीसीलाई प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र गरिरहेको बताएका छन्।
‘यो कार्यक्रम एसीसीको हो। हामीले त व्यवस्थापकीय सहयोग मात्रै गरिरहेका छौँ,’ अमिनुलले मंगलबार भने। ‘को–को आउँछन् र आउँदैनन् भन्नेबारे एसीसीले नै हामीलाई जानकारी गराइरहेको छ ताकि हामी विमानस्थल स्वागत, होटल बुकिङ र अन्य तयारीहरू मिलाउन सकौँ।’
बुधबार अमिनुल इस्लाम र बीसीबीका प्रमुख कार्यकारी निजामुद्दिन चौधरीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र एसीसीका अध्यक्ष मोहसिन नकवीलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। बैठक अघि बिहीबार एक भव्य डिनर कार्यक्रमको आयोजना हुनेछ र त्यसपछि दुई दिनसम्म बैठक चल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण