प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
शुक्रबार, ०९ साउन २०८२, ०२ : ४०
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी र बाराका विभिन्न विकास परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
- महोत्तरीमा विग्ही नदीमा निर्मित पुल र प्रसूतिगृहको उद्घाटन गर्दै ओलीले सभालाई सम्बोधन गर्नेछन्।
- बारामा प्रशासकीय भवनको उद्घाटनका साथै, जनकपुर-कुर्था-सम्सी सडकखण्ड अन्तर्गत रातुखोला पुलको पनि उद्घाटन हुनेछ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) विभिन्न विकास परियोजनाको उद्घाटन तथा सार्वजनिक सभालाई सम्बोधन गर्न महोत्तरी र बारा जाँदै छन्।
प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम छ। त्यस्तै, मटिहानी वडा नं ६ मा निर्माण सम्पन्न भएको प्रसूतिगृहको उद्घाटनपछि उनले त्यहाँ आयोजना गरिने सभालाई समेत सम्बोधन गर्नेछन्।
शुक्रबार नै जनकपुर–कुर्था–सम्सी सडकखण्ड अन्तर्गत रौजास्थित रातुखोला पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए।
त्यसैगरी, बाराको परवानीपुर गाउँपालिकामा निर्माण सम्पन्न प्रशासकीय भवनको उद्घाटनपछि प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण