राजनीति
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता
शुक्रबार, ०९ साउन २०८२, १० : ४८
सारांश
- सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
- भेटमा सभामुखले जेनेभामा हुने विश्व सभामुख सम्मेलनमा नेपालको सहभागिता बारे जानकारी गराए ।
- सभामुख घिमिरे जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबिच भेटवार्ता भएको हो ।
भेटमा सभामुख घिमिरेले सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण