काठेकोल हराउँदा शुद्ध तोरीको तेल अभाव
जाजरकोट-यहाँको कुशे गाउँपालिका–९ पैकका ५१ वर्षीय कालीबहादुर रोकायलाई गाउँघरमा शुद्ध तोरीको तेल पाउन छोडेकामा निकै चिन्ता लाग्ने गरेको छ । बजारमा बेच्न राखेका र मिलमा पेलेका तेल शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गर्नुभएको हो ।
गाउँमा काठेकोलमा तोरीको तेल पेल्ने चलन हराउँदै गएपछि शुद्ध तोरीको तेल पाउन समस्या परेको उहाँको दुखेसो छ । पहिले टोलपिच्छे काठेकोल हुने र जताततै शुद्ध तोरीको तेल पाइने गरे पनि अहिले गाउँबाट काठेकोल हराउँदै गएपछि समस्या परेको उहाँको भनाइ छ ।
“पहिले टोलटोलमा ओखल र काठेकोल पाइन्थे जताततै शुद्ध तोरीको तेल पाइन्थ्यो तर अहिले यत्रो गाउँपालिकाभरि एक दुईटा मात्र कोल छन्”, उहाँले भन्नुभयो, “कालीबहादुरमात्र होइन, कुसेको मान्यजुरका उज्ज्वल रोकाय पनि गाउँमा आफ्नो घरबाहेक अन्य स्थानमा काठका कोल नभएको र अन्य स्थानीयवासी मिलतिर तेल पेल्न जाने गरेको बताउनुहुन्छ । खानका लागि मात्र नभई स्वास्थ्यका लागिसमेत काठेकोलमा पेलेको तेल उपयुक्त हुने भए पनि स्थानीयवासी सजिलोका लागि मिलमा गएर तेल पेल्ने गरेका छन् । उहाँका अनुसार काठेकोलमा तेल पेल्न झन्झट हुने भएकाले सबैले कोल बिर्संदै गए ।
स्थानीय पहिचान र परम्पराका रूपमा रहेका पुराना काठेकोल, पानी घट्ट र ओखलमा पिसिएका खाद्यान्न निकै स्वस्थकर र ताजा हुने भए पनि सरोकारवाला र युवा पुस्ताको बेवास्ताका कारण हराउँदै गएको छ ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आगामी वर्षदेखि आफ्नो गाउँपालिकाभित्र परम्परागतरूपमा चल्ने पानीघट्ट, काठेकोल र मुसल सबैलाई जस्ताको तस्तै सञ्चालन हुने गरी योजना बनाउने बताउनुभयो । गाउँ समाजको पहिचानका रूपमा रहेका ती साधनलाई स्थानीयवासीकै सक्रियतामा संंरक्षण गर्ने अवस्थामा ल्याउन आफूले विशेष पहल गर्ने उहाँको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण