गाडीमा फल्स बटम बनाई लागूऔषध तस्कर गर्ने चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
सारांश
- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सशस्त्र प्रहरीले लागूऔषधसहित ४ जनालाई नियन्त्रणमा लियो।
- भारतबाट काठमाडौँतर्फ आउँदै गरेको गाडीमा लुकाएर ल्याउँदै गरेको लागूऔषध बरामद गरिएको छ।
- पक्राउ परेका व्यक्तिहरू लागूऔषध ओसारपसारबारे केही बताउन सकेका छैनन्, थप अनुसन्धान हुँदैछ।
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट शनिबार राति ८ः३० बजे सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर छन् ।
भारतको सुगौलीबाट पर्साको बीरगंज हुँदै काठमाडौँतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमान्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूमध्ये २४ वर्षीय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।
बरामद लागूऔषधमा नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा रहेको छ ।
उक्त लागूऔषध उनीहरुले कसरी के प्रयोजनको लागि ल्याइएको हो भन्ने खुलाउन सकेका छैनन् । नियन्त्रणमा लिएकाहरूलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण