पिताको कुन सल्लाह नमानेर पछुताइरहेछन् सलमान खान ?
सारांश
- बलिउड अभिनेता सलमान खानले बुबाको कुरा नमान्दा पछुतो लागेको बताए।
- सलिम खानले सलमानलाई क्रिकेटर बनाउन चाहेका थिए, तर सलमानले अभिनय रोजे।
- सलमानको पहिलो फिल्म फ्लप होस् भन्ने चाहना थियो, तर 'मैने प्यार किया' ले उनलाई स्टार बनायो।
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानले आफ्ना पिताले भनेको कुरा नमानेकोले पछुतो लागेको बताएका छन् । बुबा सलिम खानले दिएको सल्लाह ढिलो स्वीकार गरेकोमा उनलाई पछुतो भएको हो । गल्तीहरू बारम्बार दोहोर्याउँदा ती गल्ती बानी बन्दै जाने पनि उनले बताए ।
हालै सलमान खानले आफ्नो आधिकारिक एक्स एकाउन्टमा एउटा पोस्ट गरेका थिए । ‘वर्तमान हाम्रो विगत बन्छ र विगत हाम्रो भविष्य बन्छ । वर्तमान एउटा उपहार हो, त्यसैले यसलाई राम्रोसँग प्रयोग गर । बारम्बार दोहोर्याउँदा गल्तीहरू बानी बन्छ, र त्यसपछि यो पात्र बन्छन् । अरू कसैलाई दोष नदिनुस् । तपाईंले गर्न नचाहेको काम गर्न कसैले पनि जबरजस्ती गर्न सक्दैन । मेरो बुबाले मलाई यही भनेका थिए र यो एकदमै सत्य हो । मैले यो पहिले नै सुनेको भए, तर अब पनि ढिलो भएको छैन ।’
सलमान खान आफ्ना पिता सलिम खानसँग निकै नजिक छन् । तर, एक समय यस्तो थियो जब सलमानको अभिनेता बन्ने इच्छा सुनेपछि सलिम खानले उनलाई गधा नै भनिदिए । पिता सलमानलाई अभिनेता होइन, क्रिकेटर बनाउन चाहन्थे ।
यसका लागि सलिमले पाकिस्तानका महान् क्रिकेटर सलिम दुर्रानीलाई सलमानको प्रशिक्षक बनाएका थिए । सलमानलाई क्रिकेटमा रुचि थिएन । तर उनी राम्रो खेल्थे । एक दिन उनको बुबा उनको खेल हेर्न रङ्गशालामा आए ।
आफूले राम्रो खेले भने सधैँभरि क्रिकेट नै खेल्नुपर्छ भन्ने उनलाई थाहा थियो । यही सोचेर पिता आफ्नो खेल हेर्न आएको दिनमा उनले जानी जानी नराम्रो खेले । उनको प्रदर्शन यति खराब थियो कि उनलाई क्रिकेटको प्रशिक्षणबाट हटाइयो ।
केही समयपछि सलमानले १९८९ को फिल्म ‘बिवी हो तो ऐसी’ बाट आफ्नो अभिनय करियर सुरु गरे । सलमानलाई फिल्ममा उनको अभिनय मनै परेन । उनी आफैँ आफ्नो फिल्म फ्लप होस् अनि कसैले नहेरोस् भन्ने कामना गरिबस्थे ।
पहिलो फिल्मबाट असन्तुष्ट सलमानले आफ्ना बुबा सलिम खानलाई फिल्म बनाएर आफूलाई पुनः लन्च गर्न अनुरोध गरे । छोराको यस अनुरोधमा पिताको जवाफ यस्तो थियो– ‘‘इन्दोरबाट मुम्बई आएपछि मैले कहिल्यै घोडामा त पैसा लगानी गरिन, गधामा म कसरी लगानी गर्न सक्छु ?’
तर, केही समयपछि सलमान खानले सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’मा काम पाए । यो फिल्मले उनलाई रातारात स्टार बनायो । हालै सलमानको फिल्म सिकन्दर यसै वर्ष रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । अब सलमान चाँडै फिल्म ब्याटल अफ गलवानमा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण