‘सिटामोल’ले कर्णालीको समस्या देखाउँछ – निर्देशक साने
सारांश
- सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म 'सिटामोल' साउन २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
- निर्देशक राजबहादुर सानेले कर्णालीको गरिबी बेच्न नभई समस्याको समाधान खोज्न फिल्म बनाएको बताए।
- फिल्मले जनसेना समायोजनपछिको आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्नेछ।
काठमाडौँ । ‘सिटामोल’ यही साउन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो । सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म कणालीको कथामा बनेको हो । फिल्मका निर्देशक राजबहादुर सानेले ‘सिटामोल’ कर्णाली क्षेत्रको गरिबी बेच्न नभई त्यहाँ व्याप्त समस्याहरूको समाधान खोज्न निर्माण भएको बताए ।
‘फिल्म मार्फत हामीले गरिबी बेच्न खोजेका होइनौँ । समस्या देखाएर समाधान होस् भन्ने उद्देश्य राखेका हौ’, निर्देशक सानेले भने ‘म स्वयं जुम्लामा जन्मिएको हुँ । तेस्रो पुस्तासम्मको पीडादायी यथार्थ मैले देखेको छु, भोगेको छु । त्यही घटनाहरूमा फिल्म बनेको हो ।’ अहिले धेरै कुरा सहज भए पनि कर्णाली अझै पनि विकट नै रहेको उनको धारणा छ ।
‘अघिल्लो पुस्तामा त नुन ल्याउन भेडाको सहारा लिनु पर्थ्यो । अहिले भने बाटो–घाटो सहज छन्, कृषि प्रणाली परिवर्तन भएर उत्पादन पनि बढेको छ’ उनले थपे ‘तर कर्णाली अझै पनि देशकै एक विकट क्षेत्र हो ।’ उनले जुम्लाबाट कालिकोट जानु नै विदेशी मुलुक जानुजस्तै लाग्ने सुनाए ।
सानेका अनुसार ‘सिटामोल’ जनसेना समायोजनपछि उत्पन्न भएको आर्थिक तथा सामाजिक अवस्थाको चित्रण हो । जनयुद्धका बेला नेपालका शहरबाहेक अधिकांश गाउँका मानिसहरू विस्थापित थिए । कोही मानसिक रूपमा, कोही शारीरिक रूपमा, त कोही सामाजिक रूपमा समायोजनपछि स्थायित्व ल्याउन धेरैलाई समस्या भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण