बेनीमा दुई सय वर्ष पुरानो बर्खे नाचको रौनक
सारांश
- म्याग्दीको बेनीमा दुई सय वर्ष पुरानो बर्खे नाच मंगलबारदेखि सुरु भएको छ, जसमा विभिन्न नाचहरू देखाइनेछन्।
- बर्खे नाचमा युवा समूह ल्यामः पुचको नेतृत्वमा लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइनेछ।
- आधुनिकताको प्रभावले मौलिक संस्कृति हराउँदै गएको अवस्थामा बर्खे नाचले स्थानीय समुदायको सांस्कृतिक पहिचान जोगाएको छ।
म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा मंगलबार (आज) देखि दुई सय वर्ष पुरानो बर्खे नाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खे नाच सुरुआत भएको जनाइएको छ ।
घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । बर्खे नाचअन्तर्गत आज नागपञ्चमीको दिनदेखि लाखे नाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलःले जनाएको छ ।
मंकाखल अन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खे नाच देखाउने गरिन्छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने ल्यामः पुचका अध्यक्ष जेनेश श्रेष्ठले बताए ।
“परम्परागत रूपमा देखाइँदै आइएको बर्खे नाचलाई संरक्षण गर्दै हराउँदै गएको नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिएका छौँ,” उनले भने, “दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई प्रशिक्षण दिएका छौँ ।”
नाचका विभिन्न नाचमा ४० जना कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति हराउँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खे नाचलाई जीवन्त राखेका छन् । बर्खे नाचका दर्जनौँ नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरूको जागरणले संरक्षण र संवर्द्धनमा टेवा पुगेको छ । यस वर्ष पनि युवाहरूलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
बर्खे नाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायका समेत सहभागिता हुन थालेको छ । बर्खे नाचमा मृदङ्ग र मादलको तालमा नृत्य देखाउने गरिन्छ। सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।
खासगरी लाखे नाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । नागनागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिको सम्झनामा देखाउने चलन छ ।
बर्खे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण