शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रचण्डले लिए  घाइते भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी

बिहीबार, १५ साउन २०८२, ११ : १८
बिहीबार, १५ साउन २०८२

सारांश

  • अध्यक्ष प्रचण्डले अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्था बुझे।
  • भट्ट सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको छलफलमा ढुङ्गा लागी घाइते भएका थिए।
  • चिकित्सकका अनुसार भट्टको स्वास्थ्यमा सुधार भइरहेको छ र उनी अहिले सामान्य अवस्थामा छन्।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् । उनले बिहीबार अन्नपूर्ण न्युरो अस्पताल पुगेर भट्टको स्वास्थ्य  अवस्था बुझेका हुन् ।

साउन १२ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनबारे छलफल गर्ने क्रममा क्रान्तिकारीका पूर्व नेता भुवनसिंह विष्टले प्रहार गरेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए ।

चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएको छ । यसअघि उपमहासचिव जनार्दन शर्माले भट्टको स्वास्थ्य अवस्था बुझेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप