भैरहवाको मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ, बचतकर्ताको ५ करोड ९० लाख हिनामिनाको आरोप
बिहीबार, १५ साउन २०८२, १२ : ४६
सारांश
- भैरहवाको सहकारी संस्थाका अध्यक्ष अशोक केसी ५ करोड ९० लाख हिनामिना आरोपमा पक्राउ परेका छन्।
- सहकारीका शेयर सदस्य र बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका केसीलाई भक्तपुरबाट पक्राउ गरिएको हो।
- केसी वैशाख २० गतेदेखि फरार थिए र उनी दोलखा जिल्लाका बासिन्दा हुन्।
बुटवल । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका–५ मा रहेको उक्त सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा केसी पक्राउ गरेका हुन् ।
बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका दोलखाको मेलु गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले बताए ।
केसी वैशाख २० गतेदेखि फरार भएका थिए । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्य ठिमी नगरपालिका वडा नं। ३ बाट पक्राउ गरेर रुपन्देही ल्याएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण