चार वर्षकै उच्च विन्दुमा पुगेपछि सेयर बजार डाउन ट्रेन्डमा, आगामी साताको यस्तो छ संकेत
सारांश
- यस साता सेयर बजारमा गिरावट आएको छ, परिसूचक ६०.०१ अंकले घटेको छ।
- मंगलबार बजार उच्च विन्दुमा पुगे पनि बुधबार र बिहीबार गिरावट आएको थियो।
- विकास बैंक क्षेत्रमा सबैभन्दा बढी गिरावट देखिएको छ, र हिमालयन रिइन्स्योरेन्स कारोबारमा अग्रस्थानमा रह्यो।
काठमाडौँ । याे साताको सेयर बजार सुखद रहेन । सातामा बजार परिसूचक ६०.०१ अंकले घटेर २९२२.६३ को विन्दुमा बन्द भएको छ।
यो यही साताको परिसूचक हो जहाँ नेप्से ४ वर्षकै माथिल्लो विन्दुमा पुगेकाे थियो । मंगलबार ३००२.०७ अंकमा रहेको बजार बुधबार र बिहीबार दुई दिनमा झण्डै ८० अंकले घटेको हो । अघिल्लो साता बजार ३.९० प्रतिशतले बढेर २९८२.६४ अंकमा बन्द भएको थियो।
यो साता बजारमा ११३.३२ अंकको उतारचढाव रह्यो । बजार अधिकतम ३०२८.७९ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २९१५.४७ अंकसम्म झरेको थियो । योसँगै बजारले सातामा वियरिस क्यान्डल बनाएको छ । यसलाई डार्क क्लाउड कभर भनिन्छ । यसले बजारमा बजारमा क्रेताहरू कमजोर हुँदै गएको र बिक्रेताहरू हावी हुन थालेको संकेत गर्छ। सुरुमा देखिएको खरिदको उत्साहलाई बिक्रीको चापले जितेको अवस्था यसले देखाएको छ ।
साताभरमा कूल २ लाख ७० हजार कारोबारमार्फत ९६ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । साताको पहिलो दिन आइतबार बजार परिसूचक १८.४४ अंकले घटेको थियो । सोमबार बजारमा सामान्य सुधार भएर ७.१० अंकले बढ्यो।
मंगलबार बजारको सकारात्मक गतिले निरन्तरता पाउँदै ३०.७६ अंकले वृद्धि देखियो । बुधबार साताको सबैभन्दा ठूलो गिरावट हुँदै परिसूचक ४७.९३ अंकले घट्यो । साताको अन्तिम दिन बिहीबार पनि बजार ३१.५० अंकले घटेर बन्द भयो।
साताभरिको कारोबारमा सबै १३ वटै क्षेत्रगत उपसमूहका सूचकहरू घटेका छन् । यसमध्ये सबैभन्दा बढी गिरावट विकास बैंक क्षेत्रमा देखिएको छ । यो समूहको सूचक ३.८१ प्रतिशतले घटेको छ । त्यस्तै ट्रेडिङ समूह ३.५३ प्रतिशत र जलविद्युत समूह ३.४२ प्रतिशतले घटेका छन् ।
होटल तथा पर्यटनमा २.७१ प्रतिशत, निर्जीवन बीमामा २.४८ प्रतिशत, लगानी समूहमा २.३१ प्रतिशत, जीवन बीमामा २.१२ प्रतिशत, उत्पादन र प्रशोधनमा १.७८ प्रतिशत, अन्य समूहमा १.४१ प्रतिशत, लघुवित्तमा १.१३ प्रतिशत गिरावट आएको छ । वित्त समूहमा १.०४ प्रतिशत, वाणिज्य बैंकमा ०.६९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.६६ प्रतिशत गिरावट आएको छ ।
याे साता कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सले अग्र स्थानमा रह्यो ।
एक सातामा सो कम्पनीको ३ अर्ब ५५ करोड कारोबार भएको थियो । त्यस्तै, शिवम सिमेन्ट्सको ३ अर्ब ४० करोड, ङादी ग्रुप पावरको २ अर्ब ९९ करोड, ग्रिन भेन्चर्स लिमिटेड २ अर्ब ९२ करोड तथा नेपाल पुनर्बीमा कम्पनीको २.७६ अर्बको कारोबार भएको छ ।
यो साता सबैभन्दा धेरै प्रयोग हुने प्राविधिक विश्लेषणका टुल्सहरुले बजारको आगामी बाटोबारे अन्योलको अवस्था देखाएका छन् । अहिले बजारको पहिलो सपोर्ट क्षेत्र २८८० देखि २९०० मा रहेको देखिन्छ भने पहिलो अवरोध क्षेत्र २९७० देखि ३००० मा रहेको देखिन्छ ।
त्यसबाहेक अहिले छोटो समय (७ दिन) को मुभिङ एभरेज क्रममा रहे पनि लामो अवधि (२१ दिन) को भन्दा माथि नै रहेकोले यसले वियरिस ट्रेन्डलाई देखाउँदैन । अहिले आरएसआई ओभरबट जोनबाट बुलिस जोनमा झरेको छ । यसले पनि कुनै निष्कर्ष दिँदैन ।
बोलिञ्जर ब्यान्ड्सका आधारमा विश्लेषण गर्दा बजारले अघिल्लो साता नै माथिल्लो ब्यान्ड छोइसकेकोमा कारोबारले सपोर्ट गरिरहेकोमा अहिले कारोबार समेत घट्दै गएकोले बजार अझै केही तल झर्नसक्ने अवस्था समेत देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण