स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गर्दै रामपुर
सारांश
- रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ।
- स्थानीय विषयवस्तु समेटेर 'हाम्रो रामपुर' नामक पाठ्यपुस्तक प्रकाशन गर्न लागिएको हो।
- पुस्तक लेखन कार्यदलले सूचना सङ्कलन कार्यशाला सम्पन्न गरिसकेको छ र आगामी शैक्षिक सत्रबाट पठनपाठन सुरु हुनेछ।
पाल्पा । यहाँको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर पुस्तक प्रकाशनको तयारी गरेको छ । स्थानीयस्तरका विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
पुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले नगरपालिकाभित्रका १० वटै वडामा सूचना सङ्कलन कार्यशाला गरिसकेको छ । नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, आर्थिक, सामाजिक, पर्यटन, भूगोललगायत विषय समेटेर ‘हाम्रो रामपुर’ नामक पाठ्यपुस्तक प्रकाशन गर्न लागेको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
‘पाठ्यपुस्तकमा स्थानीय विषयवस्तु राखिने छ, आगामी शैक्षिक सत्रबाट नगरपालिकाभित्रका विद्यालयमा अध्यापन गर्ने गरी पाठ्यपुस्तक प्रकाशन गर्न लागिएको छ’, नगरप्रमुख थापाले भने, ‘स्थानीय शिक्षकको सहयोगमा नै पाठ्यपुस्तक प्रकाशन गर्न लागिएको हो ।’
आर्थिक वर्ष २०७९/८० मा ‘हाम्रो रामपुर’ पाठ्यक्रम लागू गरेर पठनपाठन भए पनि पाठ्यपुस्तकको आवश्यकता महसुस गरेर लेखन तयारी गरेको उनको भनाइ छ । कार्यदलले विभिन्न आठ वटा विषयवस्तुमा आधारित रहेर सुझावसहित सूचना सङ्कलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण