शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अग्रज र सहिदहरूका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

शनिबार, १७ साउन २०८२, १७ : ५२
शनिबार, १७ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूको सङ्कल्प पूरा गर्नुपर्ने बताए।
  • तुलसीलाल स्मृति दिवसमा ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्नुपर्नेमा जोड दिए।
  • ओलीले तुलसीलालको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने बताए, र संविधान निर्माणको स्मरण गरे।

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । 

तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुलसीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तुलसीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरूको लामो समयदेखिको दूर दृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे ।

कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप