शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बलात्कार मुद्दामा भारतीय पूर्वसांसदलाई आजीवन कारावास

शनिबार, १७ साउन २०८२, १८ : १८
शनिबार, १७ साउन २०८२

नयाँ दिल्ली । भारतका पूर्वसांसद प्रज्वल रेवन्नालाई बलात्कारको मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको छ ।

बैंगलोरस्थित जनप्रतिनिधिहरूसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ गर्न गठित विशेष अदालतले उनलाई अगस्ट १ मा दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो । अदालतको फैसला सुनेपछि रेवन्ना अदालत परिसरमै भावुक भएका थिए । 

१० लाख जरिवाना र क्षतिपूर्ति 

अदालतले रेवन्नालाई भारतीय दण्ड संहिताको धारा ३७६ (२) र ३७६ (२) (एन) अन्तर्गत दोषी ठहर गरेको हो । सजायसँगै अदालतले रेवन्नामाथि १० लाख भारतीय रुपैयाँ जरिवाना पनि तोकेको छ । साथै पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । 

पीडित महिलाले सन् २०२१ मा रेवन्नाले पहिले फार्महाउस र त्यसपछि बैंगलोरको घरमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । महिलाले रेवन्नाले उक्त घटनाको भिडियोसमेत आफ्नो मोबाइलमा खिचेको आरोप लगाएकी थिइन् । प्रज्वल रेवन्ना कर्नाटकको हासन लोकसभा क्षेत्रका पूर्वसांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप