सुरक्षाका लागि बजार क्षेत्रमा ‘हाई मास्क लाइट’ जडान
शनिबार, १७ साउन २०८२, २० : ०४
सारांश
- रामपुर नगरपालिकाको बेझाड बजारमा सुरक्षा र सौन्दर्यीकरणका लागि 'हाई मास्क लाइट' जडान गरिएको छ।
- बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप कम गर्न र शान्ति सुरक्षा कायम राख्न लाइट जडान गरिएको हो।
- यो लाइट १६ मिटर अग्लो र २,४०० वाट क्षमताको रहेको छ, जसको व्यवस्थापन नगरपालिकाले गर्नेछ।
रामपुर । रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्क लाइट’ जडान गरिएको छ ।
बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ती सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
'बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन स्वचालित व्यवस्थासहितको हाई मास्क लाइट जडान गरिएको छ । यसको विद्युत् महशुल भुक्तानीलगायत व्यवस्थापन नगरपालिकाले गर्नेछ,'उनले जानकारी दिए ।
यहाँ नगरपालिकाको मागअनुसार लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायमार्फत रु छ लाख बराबरको लागतमा १६ मिटर उचाइँ, दुई हजार ४०० वाट क्षमताका लाइट जडान गरिएको छ । उज्यालो सहरअन्तर्गत विभिन्न स्थानका सडक र चोकमा सडक बत्ति जडान गरिएको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण