कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी
शनिबार, १७ साउन २०८२, २१ : ०२
सारांश
- तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भयो।
- विद्युत् चुहावटबाट शिक्षालयको भण्डार कोठामा लागेको आगोले कागजपत्र, कम्प्युटर लगायतका सामग्रीमा क्षति पुग्यो।
- शिक्षक, कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मीको प्रयासबाट आगो नियन्त्रणमा लिइयो।
तनहुँ । घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ ।
विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।
आज दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुँवा देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहकार्यमा अग्निनियन्त्रक प्रयोग गरी आगो निभाइएको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण