शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
टिप्स

वैचारिक स्तम्भ लेखनका ११ सूत्र

आइतबार, १८ साउन २०८२, ०६ : ५२
आइतबार, १८ साउन २०८२

सारांश

  • लेखक बन्न चाहनेका लागि अखबारी लेखन र स्तम्भ लेखनबारे अनुभव र सुझावहरू प्रस्तुत गरिएको छ।
  • लेखनमा चाखलाग्दो विषय, अरूको दृष्टिकोणबाट हेर्ने प्रयास, र सत्य र तर्कमा आधारित हुनुपर्ने कुराहरू महत्त्वपूर्ण छन्।
  • लेखनमा स्पष्ट चिन्तन, पाठकले बुझ्ने भाषा, र आफ्ना मूल्य र मान्यताप्रति प्रस्ट हुनुपर्छ।

तपाईँ अखबारमा विचार स्तम्भ लेखक बन्न चाहनुहुन्छ होइन त ? आउनुस् म आफ्नो अनुभव र बुझाइका आधारमा अखबारी लेखन तथा स्तम्भ लेखनबारे केही सुझाव राख्न चाहन्छु ।

उदियमान युवा पत्रकार तथा अनुभवी विद्वान्हरू मलाई कसरी यति मिठो लेख्ने भयौ भनेर सोध्ने गर्छन् । यसको जवाफ खासमा मलाई पनि थाहा छैन भन्छु । मेरो लेखाइको विकासमा सीप, मेहनत र केही हदसम्म नियतिको पनि संयोजन छ । यस्तो संयोजन जस्ताको तस्तै नक्कल गर्न भने सम्भव हुँदैन । 

तथापि रहर गर्ने व्यक्तिहरूका लागि म केही सुझाव पक्कै दिने प्रयास गर्छु । म आफैँ पनि कुनै पूर्ण लेखक होइन तर मैले महत्त्वपूर्ण ठानेका ११ वटा सिद्धान्त र सुझाव यहाँ राख्न चाहन्छु ।

१) चाखलाग्दो विषय भन्न अप्ठेरो छैन

सत्य कुरा भन्न पनि अप्ठेरो नहुन सक्छ तर सत्य कुरा चाखलाग्दो गरी भन्न साँच्चै चुनौतीपूर्ण हुने गर्छ । दुर्भाग्य नै भन्नुपर्छ सत्य र चाखलाग्दो विषय एकैसाथ असाध्यै कम मात्रै हुने गर्छ । तत्कालका लागि रुचिकर हुने र दीर्घकालीन रूपमा प्रतिष्ठित हुने एकैसाथ हुन अप्ठेरो छ । 

स्पष्ट भविष्यवाणी वा आकर्षक सन्दर्भ लेखेर आजका दिनमा तपाईँ धेरै पढिने वा खोजिने लेखक पक्कै बन्न सक्नुहुन्छ तर केही समयभित्रै तपाईँ गाली खान तयार हुनुपर्ने हुन्छ वा तपाईँ आजका दिन दिक्कलाग्दो लेखक भएर भोलिका लागि विश्वासिलो प्रमाणित हुन सक्नुहुन्छ । 

कसैले तपाईँलाई पढ्दैन भने त्यसबेला तपाईंको विश्वसनीयताको महत्त्व पनि कम हुन सक्छ । सबै सिद्धहस्त लेखकहरू सत्य र रुचिकर लेखनमा विभिन्न स्तरमा सन्तुलन कायम गरिरहेका हुन्छन् । सामाजिक सञ्जाल तथा समाचारको दुनियाँमा भएको व्यापक विविधता र पृथकताले सनसनीपूर्ण लेखाइलाई थप प्रेरित गरिरहेको छ । 

न्यायपूर्ण समाजमा गलत भविष्यवाणी तथा जथाभाबी सनसनीका लागि लेखिने लेखाइले सजाय पाउँछ । त्यस्तो सजाय भनेको लेखकको प्रतिष्ठामा ठुलो क्षति हुने हो । अल्पकालीन रूपमा सनसनी सिर्जना गर्ने वा भाइरल हुने कारण पाठकहरूले तत्काल ख्याल नगरे पनि तपाईँका स्रोतहरूले भने तपाईंको सीमा याद गरिरहेकै हुन्छन् । 

२) अरूको दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुस्

जब तपाईँ कुनै अप्रिय टिप्पणी, काण्ड वा तपाईँलाई मन नपर्ने समूहले गरेको अध्ययनबारे विश्लेषण वा मूल्याङ्कन गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा आफैँलाई प्रश्न गरिराख्नुस् । यस मामलाको मुख्य पक्ष तपाईँसँग सहानुभूति राख्ने कोही हुन्थ्यो भने तपाईँले कस्तो प्रतिक्रिया दिनुहुन्थ्यो होला ? साथै यसको ठिकविपरीत तपाईँसँग मिल्ने व्यक्ति वा सहमत पक्षले गलत गर्छ भने त्यस्तो बेला आफू विरोधीको ठाउँमा बसेर हेर्दा कस्तो प्रतिक्रिया दिन्थेँ भनेर कल्पना गरिहेर्नुस् । 

जब तपाईँ कुनै अप्रिय टिप्पणी, काण्ड वा तपाईँलाई मन नपर्ने समूहले गरेको अध्ययनबारे विश्लेषण वा मूल्याङ्कन गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा आफैँलाई प्रश्न गरिराख्नुस् । यस मामलाको मुख्य पक्ष तपाईँसँग सहानुभूति राख्ने कोही हुन्थ्यो भने तपाईँले कस्तो प्रतिक्रिया दिनुहुन्थ्यो होला ?

नीतिगत दाबी प्रस्तुत गर्दा राजनीतिक समूहले पत्रकारको चिन्तन प्रणालीमा चलाखीपूर्वक खेलेका हुन सक्छन् । आफ्नो दाबी सत्य देखाउन वा राजनीतिक अडानलाई सही ठहर्‍याउन तथ्य र प्रमाणको हेरफेरमार्फत कुनै अध्ययन वा अनुसन्धान नै तयार गरेका हुन सक्छन् । 

फुटनोट, समीकरण वा अन्य प्राज्ञिक ढाँचाको शैली भएकै कारण अनुसन्धान भन्नासाथ सबै सत्य हुन्छ भन्ने हुँदैन । यस्तो विषयको परीक्षणका लागि निष्पक्ष, स्वतन्त्र तथा यसमा प्रश्न गर्ने स्रोतबाट परीक्षण आवश्यक हुन्छ । धेरै राम्रा देखिए पनि परीक्षण आवश्यक हुन सक्छ ।

३) शत्रुको भन्दा मित्रको आलोचना गर्न तयार हुनुस्

तपाईँ आफूनजिक भएको व्यक्ति, संस्था वा समूहले गलत गरेको अवस्थामा तपाईँ मौन रहँदा यसले उनीहरूलाई खासमा सहयोग पुर्‍याउँदैन । अमेरिकी अर्थतन्त्रमा ‘बाइडेनफ्लेसन’ अर्थात् बाइडेनको नीतिका कारण भएको भनिएको महँगीको समयले यस्तो शिक्षा दिएको थियो । 

तपाईँ उक्त घटनाभन्दा पहिलेसम्म आफूसँग असाध्यै मिल्ने व्यक्ति वा समूहको गल्ती औँल्याएर आलोचना गर्दा बढी प्रभावकारी र चित्तबुझ्दो बन्नुहुन्छ । आफ्नै पक्षको गलत कामका विरुद्ध लेख्दा तपाईंको विश्वसनीयता बढ्छ । त्यसो गर्दा आलोचकले तपाईँलाई आरोप लगाउन अप्ठेरो पर्छ । यसले तपाईँ कसैप्रति बफादार होइन, मुद्दाप्रति इमानदार हुनुहुन्छ भन्ने देखाउँछ । 

फेरि पनि विश्वसनीयताको महत्त्व असाध्यै ठुलो हुन्छ । यसो गर्दा तपाईँले अपमानजनक प्रतिक्रिया पाउन सक्नुहुन्छ । केही वर्ष मैले धेरै घीनलाग्दा प्रतिक्रिया वा भनौँ आक्रमणकै सामना गर्नुपर्‍यो । त्यस्ता प्रतिक्रिया पहिले म आफैँ संलग्न भएका वा मेरै समूहबाट समेत आएका थिए । उनीहरूले आफूसँग सहमत नहुने विषय लेखेकामा धोका भएको अनुभव समेत गरे, तर यस्तो अवस्थामा तपाईँ विचलित हुनु हुँदैन । तपाईंजस्तै धेरै लेखकहरू अहिले पनि युद्ध भूमिबाट लेखिरहेका छन् । उनीहरू गोली– बारुदको पर्वाह नगरी लेखिरहेका छन् । पक्कै पनि तपाईँले केही ट्विट र आक्रोशपूर्ण प्रतिक्रियालाई सहजै पचाउन सक्नुहुन्छ ।

४) तपाईंको ध्येय सनसनी होइन, सत्य र तर्कमा हुनुपर्छ

विद्यमान बुझाइ वा आमरूपमा स्थापित धारणासँग असहमत हुनु गलत होइन । प्रायः यस्तो असहमति उपयोगी नै हुन्छ तर प्रत्येक सन्दर्भमा विरोध गर्ने तपाईंको प्रवृत्ति हुनुहुँदैन । विरोध मात्रै गर्ने खालको आफ्नो व्यक्तित्व निर्माण गर्नु हुँदैन । तपाईँ आफ्नो लेखनमा भड्काउपूर्ण अभिव्यक्तिसहित उभिनुभएको छ भने त्यसले उन्नत लक्ष्य लिएको हुनुपर्छ । कुनै असल उद्देश्य राखेको हुनुपर्छ । 

साहसी लेखकहरू आफ्ना पाठकलाई क्रोधित बनाउन वा भड्काउन चाहँदैनन् । उनीहरूलाई आफ्नो लेखाइले को खुसी हुन्छन् र को रिसाउँछन् भन्नेमा चासो हुँदैन । उनीहरू केवल सत्य–तथ्य उभिएर लेख्न चाहन्छन् । तपाईँले आफ्नो प्रभावको प्रयोग जिम्मेवार भएर गर्नुपर्छ । 

म आफू सिकारु हुँदा वा पत्रकारिता पढ्दै गर्दा मैले धेरैको विरोधमा धेरै लेखेँ । त्यसको महत्त्व त्यस बेला कम थियो, तर ठुलो प्रभाव क्षेत्र भएका राष्ट्रिय मिडियामा लेख्दा त्यसको असर पनि ठुलो हुन्छ । आफूलाई साँच्चै विश्वास नलागेको केही पनि नलेख्नुस् । शक्तिमा भएका मानिसले पनि तपाईँले लेखेको पढ्छन् । साथै त्यसमा विश्वास समेत गर्न सक्छन् । त्यसैले जिम्मेवार भएर लेख्नुस् ।

५) राजनीतिज्ञको बोलीमा होइन काममा ध्यान दिनुस्

राजनीतिज्ञको बोलीमा भन्दा उनीहरूको कामका आधारमा उनीहरूको मूल्याङ्कन गरिनुपर्छ र आफ्नो विश्लेषण गर्नुपर्ने हुन्छ । अझ ट्रम्पजस्ता नेता भएको समयमा त राष्ट्रपतिको टिप्पणी हो कि व्यापक नीतिगत परिवर्तन हो भन्ने खुट्याउनैपर्ने हुन्छ । 

साहसी लेखकहरू आफ्ना पाठकलाई क्रोधित बनाउन वा भड्काउन चाहँदैनन् । उनीहरूलाई आफ्नो लेखाइले को खुसी हुन्छन् र को रिसाउँछन् भन्नेमा चासो हुँदैन । उनीहरू केवल सत्य–तथ्य उभिएर लेख्न चाहन्छन् ।

रंगीचंगी ट्विट वा ह्वाइट हाउसका विभिन्न गतिविधिमा ध्यान केन्द्रित गर्न सजिलो छ तर खास प्रभाव भने जटिल नीतिहरूबाट आउँछ, जसलाई बुझ्न र रिपोर्ट गर्न धेरै गाह्रो हुन्छ । तीनै कथाहरू मानिसको जीवनका लागि साँच्चिकै महत्त्वपूर्ण र रुचिकर हुन्छन् ।

परिस्थितिको जटिलताले वाक्पटु नेताहरूलाई सजिलो बनाउँछ भन्ने मेरो गहिरो राजनीतिक विश्वास छ । त्यस्ता बोलक्कड नेताहरूले के भने भन्ने सन्दर्भ मात्रै रिपोर्ट गर्नु हुँदैन । परिस्थिति के छ र उनीहरू के गर्दै छन् भन्ने पनि अनिवार्य व्याख्या गर्नुपर्छ ।

६) प्रस्ट चिन्तनबाट स्पष्ट लेखन जन्मन्छ

लेख्न सुरु गर्नुअघि तपाईंको आफ्नो चिन्तनको विस्तृत विवरण (म्याप) तयार गर्नुहोस् । कुनै सन्दर्भमा तपाईँले राम्रोसँग सोचिसक्नुभएको छैन भने तपाईँ त्यसलाई राम्रोसँग शब्दमा उकेर्न सक्नुहुन्न ।

७) पाठकले बुझ्ने भाषा र शैली प्रयोग गर्नुस्

पाठकले बुझ्ने हदसम्मको लेखाइको प्रस्टता सदैव लेखकको जिम्मेवारी हो । केही राजनीतिक अभियानहरूले वा कुनै पक्षधरतासहितका सञ्चारमाध्यमले तपाईँका शब्द बङ्ग्याउन खोज्ने हुन सक्छ, तर जुनसुकै अवस्थामा तपाईँले इमानदार पाठकहरूले सहजै बुझ्ने सामग्री तयार गर्नमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । 

पाठकलाई वा अरुलाई दोष नदिनुस् । केवल आफ्नो लेखाइमा सुधार गर्नुस् । तपाईँलाई स्पष्ट लागेका सन्दर्भ अरुलाई स्पष्ट नहुन सक्छ, त्यसको व्याख्या चाहिन सक्छ । तपाईँका अन्य लेखाइमा बारम्बार दोहोरिने सन्दर्भ पनि हुन सक्छन् । तिनीहरूलाई राम्रोसँग बुझिने ढंगबाट सरलीकृत गरेर पस्कनुस् । 

पाठक तपाईँका पूर्ववर्ती लेखहरू सबै पढेका छन् भन्ने हुँदैन । उनीहरू सबै तपाईँका घरकै मान्छेजस्ता नहुन सक्छन् । विभिन्न क्षेत्र, भाषा, लिंग, समुदायका मान्छेले तपाईंको लेखनी पढेर बुझ्ने र त्यो विषयको गम्भीरतालाई बोध गर्ने हुनुपर्छ ।

८) लेखनीमा ‘समयले बताउनेछ’ नभन्नुस्

आफ्नो लेखनीको निष्कर्षमा ‘समयले बताउनेछ’ भन्ने कथन प्रयोग नगर्नुहोला । त्यसो भन्दा लेखक अल्छी र फितलो रहेको भान हुन्छ । त्यसैले त्यस्ता वाक्यांश प्रयोग गर्नबाट जोगिनुपर्छ ।

९) लेख्न बस्दा प्रशस्त सन्दर्भ सामाग्री जम्मा पार्नुस् 

करिब आठ सय हाराहारीको प्रचलित आकारको लेख तयार गर्न आवश्यक सन्दर्भ सामग्री छैनन् भने तपाईँले प्रस्तुत गर्न खोजेको विषयवस्तुबारे तपाईंको बुझाइमै प्रश्न उठ्छ । 

राम्रो लेखनका लागि सम्बन्धित सन्दर्भमा व्यापक ज्ञान आवश्यक हुन्छ । साथै तपाईँ आफूलाई थाह नभएको तथा असहज हुन सक्ने सन्दर्भबारे पनि जानकार हुनुपर्छ । अर्थात् आफूले लेख्न खोजेको विषयमा तपाईँलाई साङ्गोपाङ्गो जानकारी हुनुपर्छ ।

१०) आत्मविश्वासलाई योग्यता ठान्ने कमजोरी नगर्नुस्

जतिसुकै आकर्षक प्रस्तुति भए पनि सबै समस्याको समाधान आफैँले दिन खोज्ने जोकसैप्रति सशंकित हुनैपर्छ । त्यसका साथै ‘मलाई थाहा छैन’ भन्नेहरू बढी विश्वासिला हुन्छन् । आफ्नो गल्ती वा कमजोरी स्विकार्नेलाई बढी विश्वास गर्नुहोस् ।

Untitled

तपाईंको हकमा पनि त्यही लागु हुन्छ । जब तथ्य वा प्रमाणहरू फेरिन्छन्, तपाईंको बुझाइ पनि फेरिनुपर्छ । यो कमजोरीको नभएर बौद्धिक सामर्थ्यको परिचायक हो । आफ्नो विचारको विकास कसरी भयो वा आफ्नो निष्कर्ष कसरी तय भयो भन्ने मामिलामा पारदर्शी हुनुपर्छ । तत्काल यसले केही पीडा दिएको अनुभव भए पनि दीर्घकालमा यसले विश्वसनीयता बढाउँछ ।

११) लेखनीको कारण र आफ्ना मूल्य–मान्यताबारे प्रस्ट हुनुहोस्

तपाईँ उभिएका आधारभूत मूल्य र मान्यता के–के हुन् ? कुन–कुन मूल्य–मान्यतामा तपाईँ कुनै हालतमा सम्झौता गर्नुहुन्न ? यसमा पहिला प्रस्ट हुनुस् । आफ्नो नैतिक र लेखकीय दायराबारे प्रस्ट हुनुस् । 

समय गतिवान् छ भनेर तपाईँले ती मूल्य र मान्यता भने छोड्न मिल्दैन । आफ्ना आधारभूत सिद्धान्तमा अडिग रहनुस् । किनभने तिनै सिद्धान्त वा मान्यताले तपाईंको लेखनीलाई मार्गनिर्देश गरिरहेका हुन्छन् । यसले तपाईँलाई राम्रो लेखक बनाउँछ साथै असल नागरिक पनि बनाइराख्नेछ ।

(द वाशिङ्टन पोस्टबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

क्याथरिन राम्पवेल
क्याथरिन राम्पवेल
लेखकबाट थप