‘द केरला स्टोरी’लाई राष्ट्रिय पुरस्कार दिएपछि विरोध
नयाँ दिल्ली । ‘द केरला स्टोरी’लाई ७१ औँ राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएकोमा पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफआईआईटी)को विद्यार्थी संगठनले कडा विरोध जनाएको छ ।
फिल्मका निर्देशक सुदिप्तो सेनलाई उत्कृष्ट निर्देशक पुरस्कार प्रदान गर्ने निर्णयको संगठनले कडा निन्दा गरेको हो । यो निर्णय निराशाजनक मात्र नभई खतरनाक भएको समेत विद्यार्थी संगठनले बताएको छ । ७१ औँ राष्ट्रिय चलचित्र पुरस्कार २०२३ को नतिजा गत शुक्रबार घोषणा गरिएको थियो ।
‘द केरला स्टोरी’लाई उत्कृष्ट छायांकन पुरस्कार पनि प्रदान गरिएको थियो ।
‘एक पटक फेरि सरकारले स्पष्ट पारिदिएको छ कि यदि कुनै फिल्म उसको बहुमतवादी र घृणा फैलाउने एजेन्डासँग मेल खान्छ भने, यसलाई उसले इनाम दिनेछ ।’ यस पुरस्कारको विरोध गर्दै एफआईआईटी (पुणे)को विद्यार्थी संगठनले पत्रमा लेखेको छ । जसमा भनिएको छ, ‘द केरल स्टोरी’ कुनै फिल्म होइन, यो एउटा हतियार हो । यो एउटा झुठो कथन हो जसको उद्देश्य मुस्लिम समुदायलाई बदनाम गर्नु अनि त्यो राज्यलाई गलत देखाउनु हो साम्प्रदायिक सौहार्दता, शिक्षा र प्रतिरोधका लागि सधैँ परिचित छ ।’
कुनै प्रचारलाई इनाम दिँदैमा त्यो साचो बन्दैन भन्ने कुरा सरकारले बुझ्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण