कुलिङ अफ पिरियडमा तत्कालीन मन्त्री गुप्ता : कसै न कसैले जानी जानी गरेको हो
मङ्गलबार, २० साउन २०८२, १६ : ३३
सारांश
- तत्कालीन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयकमा कुलिङ पिरियडबारे गडबडी भएको बताएका छन्।
- उनले छानबिन समितिलाई दिएको बयानमा उपसमितिको प्रतिवेदनमा गडबडी भएको र यो साजिस भएको बताए।
- मन्त्री गुप्ता र राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाबीच यस विषयमा सवाल जवाफ भएको थियो।
काठमाडौँ । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको गडबडी कसै न कसैले गरेको बताएका छन् ।
संसदको छानबिन समितिसमक्ष बयान दिने क्रममा गुप्ताले आफूले उपसमितिको प्रतिवेदन तयार गर्ने क्रममा पटकपटक समिति सचिव सुरज दुरा, मन्त्रालयका कर्मचारी मिरा आचार्यलगायतलाई पटक पटक राम्ररी हेर्न भनेपनि कमल चलाउने हातलाई निर्देशन दिएको हुनुपर्ने जवाफ दिएका छन् ।
‘यसैमा गडबडी किन भयो ? घरदैलो बेस्सरी भएछ । यो साजिसको हद भएको छ । सुनियोजित हो’, गुप्ताले भनेका छन्, ‘संसद्लाई छलिएको छ ।’
कुलिङ अफ पिरियडमा गडबडी भएपछि गुप्ता र राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाबिच सवाल जवाफ भएको थियो । त्यसक्रममा मन्त्री गुप्ताले आफूलाई प्रतिवेदन नै समयमा नदिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण