बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
अपराध

अदालतबाट जन्मकैद ठहर भएका प्रतिवादी १९ वर्षपछि पक्राउ

बिहीबार, २२ साउन २०८२, १७ : ५१
बिहीबार, २२ साउन २०८२

काठमाडौँ । ज्यान सम्बन्धी कसुरमा जन्मकैद ठहर भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँको सामाखुसीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका–३ भरौल घर भएका ३८ वर्षीय सन्दिप धामी छन् ।

धामी सहितका व्यक्तिहरू मिलेर २०६३ मा सुनसरीका नरेन्द्र मोक्तानको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा ८ जना संलग्न थिए । रातको समयमा मोक्तानको घरमा गएर हत्यापछि नालामा फालेर उनीहरू भागेका हुन् ।

साउन २० मा उनलाई सामाखुसीमा काम मिस्त्रीको रूपमा काम गरिरहेको अवस्थामा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । हत्यामा संलग्न भएको १९ वर्षपछि उनी पक्राउ परेका हुन् ।

मामा नाता पर्ने ननुलाल धामीलाई बुवा बनाएर उनले रुपलाल धामीको नामबाट नागरिकता लिएको भेटिएको छ । उनले आफ्नो ठेगाना पनि ढाँटेको भेटिएको छ । त्यसबारे अनुसन्धान गर्न उनलाई सुनसरी स्थित इलाका प्रहरी कार्यालय चक्रघट्टिमा पठाइएको एसपी आचार्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप