समाचार
४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार (सूचीसहित)
शुक्रबार, २३ साउन २०८२, १५ : ५६
सारांश
- चितवन जिल्ला प्रशासनले ४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार गरेको छ।
- शिक्षा मन्त्रालयबाट अनुमति नलिई सञ्चालनमा रहेका कन्सल्टेन्सीलाई कारबाही गरिनेछ।
- प्रशासनले तोकिएको समयभित्र कागजात पेश नगर्ने कन्सल्टेन्सीलाई बन्द गर्न निर्देशन दिएको हो।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले ४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरूलाई बन्दसहित कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको हो ।
गत आइतबार तीन दिनभित्र शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा सोसँग सम्बन्धी कागजातहरू पेस गर्न सूचना प्रकाशित गरिएको थियो ।
तोकिएको समयभित्र कागजात पेस नगर्ने र पटक–पटक सूचना प्रकाशन गर्दा समेत आवश्यक कागजातहरू पेस नगर्ने ४५ संस्थाहरूलाई बन्द गर्न तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरिएको हो ।
जिल्लामा सय भन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको बताइएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण