एनआरएनए अमेरिकाको उपाध्यक्षमा राई र सचिवमा बस्ताकोटीको उम्मेदवारी
सोमबार, २६ साउन २०८२, ११ : ४६
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको उपाध्यक्षमा बल राई र सचिवमा सूर्य बस्ताकोटीले उम्मेदवारी दिने भएका छन् ।
दुवैले उम्मेदवारी घोषणा गरेर आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । एनआरएनए अमेरिकाको अधिवेशन यही अगस्ट १६ र १७ गते हुँदै छ ।
उम्मेदवारी दिएकामध्ये वस्ताकोटीले विधान विधान कमिटीमा काम गरिसकेको, अमेरिकाका समान स्टेटहरूको प्रतिनिधित्व समावेशी बनाउन भूमिका खेलेको र अमेरिकामा रहेर नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा एकताबद्ध एनआरएनए निर्माणका लागि विशेष भूमिका खेल्ने बताए ।
दुवै उम्मेदवारले एनआरएनएभित्रको विग्रहलाई चिर्दै संस्थालाई सबैको साझा बनाउन भूमिका खेल्ने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण