२८०० बाट तल झर्यो सेयर बजार, करिब ७ अर्बको कारोबार
सारांश
- मंगलबार सेयर बजार २६.२२ अंकले घटेर २७९६.२४ अंकमा बन्द भयो।
- आज कुल ६ अर्ब ९१ करोड ८९ लाखको कारोबार हुँदा २४ वटा कम्पनीको मात्र मूल्य बढ्यो।
- सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाए।
काठमाडौँ । साताको कारोबारको दिन मंगलबार पनि सेयर बजार घटेको छ। बजार परिसूचक २६.२२ अंकले घटेर २८०० को मनोवैज्ञानिक विन्दुभन्दा तल छरेको हो । योसँगै २७९६.२४ अंकमा बन्द भएको छ।
आज बजारमा कुल ६ अर्ब ९१ करोड ८९ लाखको कारोबार भएको छ। आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये जम्मा २४ वटाको मात्र मूल्य बढेको छ । २२५ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १ कम्पनीको मूल्य भने स्थिर रह्यो।
उता समूहगत सूचकतर्फ आज होटल तथा पर्यटन बाहेक सबै क्षेत्र नकारात्मक रहेका छन् । यद्यपि आज कुनै पनि समूहका सूचकमा २ प्रतिशत भन्दा धेरैको घटबढ छैन ।
बजार घटे पनि आज सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स र लक्ष्मी लघुवित्त तथा शिवम् सिमेन्टको पनि २० करोड माथिको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण