हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछन्, जसअन्तर्गत एसियाको एक्लो प्रतियोगिताको रूपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौँमा आयोजना गरिँदै छ ।
हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासङ्घ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ । बौद्धिक खेलमा महिला सशक्तीकरणको लागि आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा ओपन, स्कुलसहित विभिन्न उमेर समूह गरी समावेश गरिएको छ, जसमा अनरेटेड १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’
कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्र कुमार राईले भन्छन्, ‘नेपाली चेस समुदायमा महिला खेलाडीको सहभागिता साह्रै न्यून छ ।
त्यसैले हिमालयन क्वीन्स ग्याम्बिटले चेसमा महिला खेलाडीलाई उत्साहित पार्ने र सहभागिता बृद्धि गर्ने विश्वास गरेको छु ।’ प्रतियोगितामा सेन्ट जेभियर कलेज एकेडेमिक पार्टनरको रूपमा रहेको छ ।
सेन्ट जेभियर कलेज, थापाथलीको वाट्रिन हलमा सञ्चालन हुने एक दिने प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार र्यापिड चेसको आधारमा हुनेछ । सात राउन्डको प्रतियोगितामा प्रत्येक खेलमा एक खेलाडीले १० मिनेट पाउने छन् ।
खुलातर्फ शीर्ष तीन खेलाडी तथा विद्यालयतर्फ शीर्ष तीन स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गल्र्स यू १०, यू १३, यू १६ र भेट्रान (५० वर्षमाथि) पनि समावेश गरिएको छ ।
काठमाडौँ महानगरपालिका ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले दोस्रोपल्ट महिला चेस प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उसले गत वर्ष हिमालयन तीज टोर्नी आयोजना गरेको थियो । २०८० साल चैत १ गते उद्घाटन गरिएको एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु गरी आठ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।
भच्र्युअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौँमा विशेष प्रशिक्षण पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालदह आँपको मूल्य बढ्यो
-
कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
-
दोस्रो पटक सार्वजनिक रूपमा देखिए इरानी रिभोलुसनरी गार्ड प्रमुख अहमद वहिदी
-
बेपत्ता कर्मचारीमाथि कारबाही सुरु
-
राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण