दोस्रो पटक सार्वजनिक रूपमा देखिए इरानी रिभोलुसनरी गार्ड प्रमुख अहमद वहिदी
काठमाडौँ । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)का प्रमुख अहमद वहिदी आइतबार दिवङ्गत सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अन्त्येष्टि समारोहमा दोस्रो पटक सार्वजनिक रूपमा देखिएका छन्।
इरानी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा कट्टरपन्थी सैन्य कमान्डर वहिदी तेहरानस्थित इमाम खामेनी ग्रान्ड मोसल्लामा आयोजित अन्त्येष्टिको दोस्रो दिन खामेनेईको पार्थिव शरीरअघि प्रार्थना गरिरहेको देखिएका छन्। पछिल्ला केही महिनायता यो उनको दोस्रो सार्वजनिक उपस्थिति हो।
यसअघि गत बिहीबार सरकारी प्रसारक आईआरआईबीले सार्वजनिक गरेको तस्बिरमा उनी तेहरानमा आयोजित बिदाइ समारोहका क्रममा खामेनीको शव पेटिकाको छेउमा बसेको देखिएका थिए।
पूर्ववर्ती मोहमद पोकपुर अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणको पहिलो दिनमा मारिए पछि अहमद वहिदीले आईआरजीसीको नेतृत्व सम्हालेका थिए।
सामान्यतया सार्वजनिक कार्यक्रममा कमै देखिने वहिदी इरानको सुरक्षा र सैन्य रणनीति निर्माणमा प्रभावशाली व्यक्तिका रूपमा चिनिन्छन्। युद्धका क्रममा तेहरानको आगामी रणनीति तय गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ।
वहिदीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ भने इन्टरपोलले पनि उनलाई खोजी सूचीमा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
-
पहेंलो कार्डको वर्षा, ब्राजिललाई नर्वेले चुनौती देला ? (भिडियो)
-
बालेन सरकारलाई 'घेराबन्दी' गर्ने रणनीतिमा कांग्रेस, एमाले र नेकपा
-
‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ समितिमा पठाइयाे
-
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण