बेपत्ता कर्मचारीमाथि कारबाही सुरु
सारांश
- कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर कारबाही सुरु गरेकी छन्।
- मन्त्री चौधरीले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै दरबन्दी ओगटेर जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध कारबाही गरिएको बताएकी छन्।
- सेवाबाट हटाइएका कर्मचारीमा प्राविधिक अधिकृत पार्वती जोशी र वैज्ञानिक नमिता भट्टराई रहेका छन्, जसलाई सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएकाले हटाइएको हो।
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बेपत्ता रहेका कर्मचारी हटाउने कार्यकाे सुरुवात गरेकी छिन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर सुरुवात गरेकी हुन्।
सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार आफूले कार्य गरेको मन्त्री चौधरीले बताइन्। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको उनले स्पष्ट पारिन्।
मन्त्री चौधरीले नार्कबाट सुरुवात गरिएको र बेपत्ता भएका मन्त्रालय अन्तर्गत रहेका विभाग, केन्द्र लगायत निकायहरूबाट बेपत्ता भएका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताइन्।
कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियम बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो।
परिषद्ले सम्बन्धित कर्मचारीहरूको घर ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो।
तर, तोकिएको अवधिमा पनि सम्पर्कमा नआएकाले परिषद्को कार्यकारी समितिको निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्री चौधरीले बताइन्।
सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा 'असारे खर्च' : २० दिनमै ३ अर्ब ३२ करोड
-
माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन् : प्रचण्ड
-
पानी पर्न थालेपछि डेङ्गुको जोखिम बढ्यो
-
सामुदायिक विद्युतीकरणः योगदानको सम्मान र भविष्यको जिम्मेवारी
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण