नर्दन टेरिटोरीद्वारा नेपाललाई १७८ रनको लक्ष्य
काठमाडौँ । नर्दन टेरिटोरीले अष्ट्रेलियामा जारी टप एण्ड टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाललाई १७८ रनको लक्ष्य दिएको छ । मरारा क्रिकेट मैदानमा शुक्रबार दिउँसाे टस हारेर पहिले ब्याटिङ गरेको नर्दनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनायो ।
नर्दनका लागि डीआर्सी सर्टले ५१ रनको अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । नर्दनका लागि थोमस आन्द्रेशले ३२ रनको योगदान गर्दा जोर्डान स्लिकले १९ रन र कोर्नर कार्लाेले १८ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै साहब आलमले दुई विकेट लिँदा रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले एक–एक विकेट लिए ।
प्रतियोगितामा आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सहज सुरुवात गर्ने योजनामा छ । समूह चरणमा ६ खेल खेल्ने नेपाल दोस्रो खेल अगस्ट १६ तारिखमा बङ्गलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालदह आँपको मूल्य बढ्यो
-
कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
-
दोस्रो पटक सार्वजनिक रूपमा देखिए इरानी रिभोलुसनरी गार्ड प्रमुख अहमद वहिदी
-
बेपत्ता कर्मचारीमाथि कारबाही सुरु
-
राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण