ट्रम्प-पुटिन वार्ता
पुटिनको अङ्ग्रेजी दक्षताः ‘दाेभाषेको सहारा बिना पनि बुझ्न सक्ने’
शनिबार, ३१ साउन २०८२, ०२ : ४५
सारांश
- क्रेमलिनका प्रवक्ताका अनुसार पुटिनको अंग्रेजी क्षमता उच्च छ र उनी दोभाषेलाई सच्याउन सक्छन्।
- पुटिनले ट्रम्पसँगको कुराकानीमा समेत उनले के भन्न खोजेका हुन् भन्ने बुझेको कुरा बताइएको छ।
- पेस्कोभका अनुसार पुटिनले अनौपचारिक अवसरमा अंग्रेजी बोल्ने गर्छन्, तर औपचारिक बैठकमा दोभाषेको प्रयोग गर्छन्।
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अङ्ग्रेजी यति सक्षम छ कि उनी आफ्नै दाेभाषेलाई सुधार्ने क्षमता राख्छन्, क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताएका छन्।
अर्थात् पुटिनले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति लिमोजिनमा सँगै यात्रा गर्दा पनि ट्रम्पले बोलेको कुरा बुझ्न सक्ने सम्भावना रहेको हो।
यसअघि मई महिनामा दुई नेताबिच फोन वार्तामा पुटिनले आफ्ना दाेभाषेलेअनुवाद गर्नुअघि नै ट्रम्पले के भन्न खोजेका थिए भन्ने अनुमान लगाउन सक्ने बताएका थिए।
२०१७ मा पनि पेस्कोभले पुटिन अङ्ग्रेजी “लगभग पूर्ण रूपमा” बुझ्ने र दाेभाषेलाई सुधार्ने बताइसकेका थिए।
पेस्कोभका अनुसार यात्रा वा अनौपचारिक अवसरमा पुटिन प्रायः अङ्ग्रेजीमा कुरा गर्ने, तर औपचारिक बैठक वा वार्तामा उनी दाेभाषेकाे माध्यमबाट संवाद गर्ने गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण