शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ड्रोन आक्रमणपछि राष्ट्रपति जेलेन्स्की : रुसलाई पुरस्कृत गर्नुहुँदैन

सोमबार, ०२ भदौ २०८२, १७ : २१
सोमबार, ०२ भदौ २०८२

काठमाडौँ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले खार्किभस्थित आवासीय भवनमा भएको आक्रमणलाई ‘निर्दयी’ भन्दै कडा आलोचना गरेका छन् । उनले रुसको युद्ध अपराधलाई कुनै पुरस्कार वा मान्यता दिन नहुने बताएका हुन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले भने, ‘आज वासिङ्टनमा युद्ध अन्त्यका लागि बैठक भइरहेको कुरा रुसलाई थाहा छ, त्यसैले खार्किभ, जपोरिझ्झिया, सुमी र ओडेसा क्षेत्रमा आक्रमण गरिएको हो ।’

उनका अनुसार, ‘रुसी युद्ध मेसिन निरन्तर जीवन नष्ट गरिरहेको छ। पुटिनले युक्रेन र युरोपमाथि दबाब कायम राख्न र कूटनीतिक प्रयासलाई अपमानित गर्न प्रदर्शनात्मक हत्या गरिरहेका छन् ।’

जेलेन्स्कीले थपे, ‘त्यसैले हामी हत्या अन्त्य गर्न सहयोग खोजिरहेका छौँ। यसका विश्वसनीय सुरक्षा सुनिश्चितता आवश्यक छ। र यही कारणले रुसलाई यो युद्धमा संलग्न भएकोमा कुनै पुरस्कार दिनु हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप