सर्वोच्चको परमादेशले न्यायको जीत भयो : प्रभु साह
सारांश
- प्रभु साहले गौर हत्याकाण्डमा सर्वोच्चको परमादेशलाई न्यायको जीत भनेका छन्।
- उनले सामाजिक सञ्जालमार्फत पीडितहरूमा न्यायको आशा पलाएको बताए।
- २०६३ सालमा रौतहटको गौरमा भएको झडपमा २७ जनाको हत्या भएको थियो।
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डमा सर्वोच्च अदालतले गरेको परमादेशलाई न्यायको जीत भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै १९ वर्षदेखि न्यायको पर्खाइमा रहेका गौर नरसंहारका पीडितहरूमा आशा पलाएको उनले उल्लेख गरेका छन् ।
आजपा अध्यक्ष साहले लेखेका छन्, “विगत लामो समयदेखि अनवरत सङ्घर्षरत एवं न्यायको पर्खाइमा रहेका विभत्स गौर नरसंहारका पीडितहरूमा न्याय पाउने आशा र विश्वास बढेर गएको छ । आजबाट निर्वाद रूपमा शीघ्र न्याय निरूपण भई दोषीहरू कानुनको दायरामा आउने विश्वास गर्दछु ।”
२०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी–निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबिच भएको झडपमा माओवादी पक्षका २७ जनाको हत्या भएको थियो । सो घटनामा पीडितले प्रहरी अनुसन्धान अघि नबढाएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन अघि बढाउन परमादेश जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण